राष्ट्रियसभा अध्यक्ष निर्वाचन : उम्मेदवारी दर्ता आज

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्ष निर्वाचन : उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका अनुसार आज प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको गरिएको छ ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको हो । त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम छ । दर्ता भएका प्रस्तावको सूचना आजै दिउँसो साढे १ बजे प्रकाशित हुने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

भोलि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन हुनेछ । सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् ।

नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सार्ने भएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसका उपाध्यक्षसहित १८ सांसद छन् ।

यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो । एमालेको राष्ट्रिय सभामा १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको एक सिट रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved