माओवादीले राष्ट्रिय सभा अध्यक्षको उम्मेद्वार आज टुंगो लगाउने

नेपालभ्युज

माओवादीले राष्ट्रिय सभा अध्यक्षको उम्मेद्वार आज टुंगो लगाउने

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको उम्मेद्वार टुंगो लगाउन नेकपा माओवादी केन्द्रले आज पदाधिकारीको बैठक बोलाएको छ । साँझ ५ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने प्रवक्ता अग्नी सापकोटाले बताए ।

नयाँ सत्ता समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति छ ।

पछिल्लो निर्वाचन परिणाम अनुसार राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल बनेको छ ।

अध्यक्षको उम्मेदवारमा माओवादीबाट वर्तमान उपाध्यक्ष उर्मिला अर्याल तथा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहालको दावी छ ।

महिला भएको र हाल उपाध्यक्ष रहेकाले अर्याललाई अध्यक्ष बनाउनुपर्नेमा अधिकांस नेताले जोड दिएका छन् । झक्कु सुवेदै भर्खरै निर्वाचित भएर आएकाले उनको कार्यकाल ६ वर्ष रहने भएकाले उनलाई नै अध्यक्ष बनाउनु पर्छ भन्ने मत पनि पार्टी भित्र बलियो बनेको बताइन्छ ।

अर्का आकांक्षी नारायण दाहाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएकाले उनको सम्भावनालाई पनि नकार्न नसकिने एक नेताले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved