‘नेपाल आइडल ५’ को प्रसारण आजदेखि

नेपालभ्युज

‘नेपाल आइडल ५’ को प्रसारण आजदेखि

काठमाडौं । चर्चित गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण आजदेखि प्रसारण सुरू हुँदैछ ।

शुक्रबार साँझ साढे आठ बजे एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ ।  कार्यक्रमको सात प्रदेशका ८ सहरमा अडिसन भएको थियो ।

कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताए ।

न्य्हू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक रहेको कार्यक्रममा आशिफ शाह र रीमा विश्वकर्मा होस्ट छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved