आफन्तको विवाहमा जाँदै गरेका पाहुना चढेको जीप दुर्घटना

नेपालभ्युज

आफन्तको विवाहमा जाँदै गरेका पाहुना चढेको जीप दुर्घटना
तस्वीर सौजन्य: हरि पौडेल

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका १० चुङमाङमा आइतबार अपराह्न यात्रुवाहक जीप दुर्घटना भएको छ । घटनामा घाइते भएका १६ यात्रुमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

हिले बजारबाट चुङमाङतर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको जीप दिउँसो दुर्घटना भएको हो ।

अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुनाहरू रहेका छन् । घाइते हुनेमा नेत्र कार्की, ईन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, वेदी बराल खत्री, सुनिता खत्रीलगायत रहेका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

स्थानीयवासी र नजिकै रहेको विद्यालयका शिक्षक विद्यार्थीले घाइतेको उद्धार गरेका छन् ।

गम्भीर घाइतेलाई धरानतर्फ उपचारका लागि पठाइएको छ । क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved