इटहरीमा आगलागी, जलेर एक महिलाको मृत्यु

नेपालभ्युज

इटहरीमा आगलागी, जलेर एक महिलाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । सुनसरीको इटहरीमा मध्यराति आगलागीहुँदा एक महिलाको जलेर मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका– ६ बीपी चौकका विष्णुबहादुर खड्काको घरमा आगलागीहुँदा ५२ वर्षीया गोपीमाया कटवालको मृत्यु भएको हो ।

कटवाल सुतेको कोठामा आगलागी भएको हो । कोठाभित्र चुकुल लगाएको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । मृतक कटवाल सुतेको छेउको अर्को कोठामा छोराबुहारी सुतेका थिए ।

उनीहरु भने सकुशल छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved