अंशबन्डापछि निशा अधिकारीले भनिन् : धनसम्पत्तिमा नजर छैन

नेपालभ्युज

अंशबन्डापछि निशा अधिकारीले भनिन् : धनसम्पत्तिमा नजर छैन

काठमाडौं । अभिनेत्री निशा अधिकारीले एक अर्काको धनसम्पत्तिमा नजर नरहेको बताएकी छन् ।

पति शरद भेषावकरसँग अंशबन्डा भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला अधिकारीले सामाजिक सञ्जालमार्फत् यस्तो बताएकी हुन् ।

छोरा र छोरीलाई बराबर अंश दिने प्रावधान रहेको उल्लेख गर्दै उनले को बाट धेरै पाउँछ भन्ने कुरा नितान्त व्यक्तिगत भएको बताइन् ।

उनले ‘आफ्नो एक मात्र सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा ढुक्कसँग मर्न पाउने मात्र होइन, यो कुराले आफूलाई गर्व’समेत हुने बताएकी छन् ।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले इजलासले शरदको एक तिहाइ सम्पत्ति (३ भागको १ भाग) निशाले पाउने फैसला सुनाएको छ ।

निशाले पति शरदबाट अंशबन्डा र मानाचामल पाउनुपर्ने माग गरी २०७९ भदौमा मुद्दा दायर गरेकी थिइन् ।

अदालतको फैसलाअनुसार अंश नपाउन्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनुपर्नेछ । निशाले भने मासिक १ लाख माग गरेकी थिइन्।

सम्बन्धविच्छेद नभइ शरद र निशाबीच अंशबन्डा, निशाले मासिक ४१ हजार रुपैयाँ पाउने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved