सम्बन्धविच्छेद नभइ शरद र निशाबीच अंशबन्डा, निशाले मासिक ४१ हजार रुपैयाँ पाउने

नेपालभ्युज

सम्बन्धविच्छेद नभइ शरद र निशाबीच अंशबन्डा, निशाले मासिक ४१ हजार रुपैयाँ पाउने

काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीच अंशबन्डा भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले इजलासले शरदको एक तिहाइ सम्पत्ति (३ भागको १ भाग) निशाले पाउने फैसला सुनाएको छ ।

निशाले पति शरदबाट अंशबन्डा र मानाचामल पाउनुपर्ने माग गरी २०७९ भदौमा मुद्दा दायर गरेकी थिइन् ।

अदालतको फैसलाअनुसार अंश नपाउन्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनुपर्नेछ । निशाले भने मासिक १ लाख माग गरेकी थिइन्।

२०७५ सालदेखि अलग बस्दै आइरहेका शरद र निशा अहिले पनि दम्पतीकै हैसियतमा छन् ।

शरद र निशाको विवाह २०७४ असार १६ गते भएको थियो । उनीहरूको एउटा छोरो छ ।

शरद नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी हुन् भने अभिनेत्री निशाले थुप्रै चलचित्रमा अभिनय गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved