‘मिथुन दा’लाई ‘बीगबी’को बधाई, कारण भने छोरा नमोशी

नेपालभ्युज

‘मिथुन दा’लाई ‘बीगबी’को बधाई, कारण भने छोरा नमोशी

काठमाडौं । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती लामो समयदेखि सिने क्षेत्रबाट टाढा छन् । तर तर मिथुन दाका फ्यानको संख्या भने आज पनि उत्तिकै छ । उनका शुभेच्छुकको संख्या घटेको छैन ।

आज पनि लाखौं मानिस मिथुन चक्रवर्तीका खबर सुन्न मरिहत्ते गर्छन् । करोडौं फ्यानका धनी उनै मिथुन दालाई हालै बलिउडका मेगास्टार अमिताभ बच्चनले बधाई दिएका छन् ।

बीग बीको बधाईको कारण भने मिथुन नभएर छोरा नमोशी चक्रवर्ती हुन् । मिथुन पुत्र नमोशीले सुरु गरेको प्रोडक्सन हाउसको सफलताका लागि बीग बीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पिता मिथुनलाई बधाई दिदै नमोशीको सफलताको कामना गरेका हुन् ।

अमिताभ बच्चनले नमोशीको प्रोडक्सन हाउसको लोगो समेत आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै भनेका छन् – ‘यस नयाँ सुरुवातको लागि मिथुन दालाई शुभकामना।’ अमिताभले आफ्नो सन्देश नमोशीलाई पनि ट्याग गरेका छन् ।

अघिल्लो वर्ष डेब्यु गरेको ब्याड ब्वाईले खासै सफलता हासिल नगरेपछि नामोशी प्रोडक्सन हाउसमार्फत सिनेमा उद्योगमा टिक्न खोजिरहेका छन् । फिल्म खेलेर आफ्नो पहिचानसमेत स्थापित गर्न नसकेपछि नमोशीले सिनेमामा सपना देख्नेहरुका लागि प्लेटफर्म तयार पारेको बताएका छन् ।

प्रोडक्सन हाउसको बारेमा नमोशीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि बधाईको ओइरो लागेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved