रवि लामिछानेको प्रश्न : विवादित मन्त्रीलाई सदनमा उभिएर जवाफ दिन केले रोक्यो ?

नेपालभ्युज

रवि लामिछानेको प्रश्न : विवादित मन्त्रीलाई सदनमा उभिएर जवाफ दिन केले रोक्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।

सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन केले रोकेको छ ? भनि उनले प्रश्न समेत गरे ।

लामिछानेले सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्न समेत गरे । उनले एनसेल खरिद बिक्री प्रकरणको छानविन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved