भारतमा कांग्रेस र आप मिलेर लोकसभा चुनाव लड्ने, सिट बाँडफाँटमा सहमति

नेपालभ्युज

भारतमा कांग्रेस र आप मिलेर लोकसभा चुनाव लड्ने, सिट बाँडफाँटमा सहमति

काठमाडौं । आम आदमी पार्टी र कांग्रेसबीच आगामी लोकसभा चुनावका लागि सिट बाँडफाँडलाई लिएर सहमति भएको छ ।

आम आदमी पार्टी र कांग्रेसले संयुक्त पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।

दिल्लीमा दुवै दल मिलेर चुनाव लड्नेछन् । आम आदमी पार्टीले चार सिटमा चुनाव लड्नेछ भने कांग्रेसले तीन सिटमा प्रतिस्पर्धा गर्नेछ ।

गुजरातको २६ मध्ये २४ सिटमा कांग्रेसले चुनाव लड्नेछ भने आम आदमी पार्टीले दुई सिटमा प्रतिस्पर्धा गर्नेछ ।

बीबीसी हिन्दीका अनुसार हरियाणामा कांग्रेसले ९ सिट र आम आदमी पार्टीले एउटा सिटमा चुनाव लड्नेछ ।

चण्डीगढमा कांग्रेसले मात्र चुनाव लड्नेछ भने गोवामा पनि कांग्रेसका उम्मेदवार मात्रै उम्मेदवार हुनेछन्। जबकि पञ्जाबमा दुवै दलले छुट्टाछुट्टै चुनाव लड्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved