जेलबाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति

पहिलो पेसी चैत १२ गते

नेपालभ्युज

जेलबाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति

काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ ।

बिहिबार पुनरावेदन मुद्दा दर्ता गरेसँगै अदालतले लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको हो । मुद्दाको पहिलो पेसी चैत १२ गते तोकिएको छ ।

किशोरी बलात्कार मुद्दामा दोषी ठहर्‍याउँदै जिल्ला अदालतले सन्दीपलाई ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सन्दीपले पुनरावेदन दिएको हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् ।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएको थियो । फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved