शिल्पीमा फागुन ११ देखि ‘झोडा’ मञ्चन हुँदै

नेपालभ्युज

शिल्पीमा फागुन ११ देखि ‘झोडा’ मञ्चन हुँदै

काठमाडौँ। गणेश रसिकको उपन्यास ‘आकाशगङ्गाको ओतमुनि’ मा आधारित नाटक ‘झोडा’ यही फागुन ११ गतेदेखि २२ गतेसम्म बत्तीसपुतलीमा अवस्थित शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन हुँदै छ। चुलाचुली रङ्गमञ्चको प्रस्तुति रहेको नाटकलाई चेतन आङथुपोले परिकल्पना तथा निर्देशन गरेका छन्।

पूर्वी मधेसमा बसोबास गर्ने प्रमुख आदिवासी जनजाति मध्ये धिमाल र कुमाल जातिले जङ्गललाई प्रचलनको भाषामा ’झार’ भन्ने गर्दछन्। धिमाल भाषामा दुई खोला बिच फैलिएको जङ्गलको भूभागलाई ’झोरा’ भनिन्छ। त्यहीँ ’झोरा’ शब्दको अप्रभम्स नै कालान्तरमा ’झोडा’ बन्यो। तराईको भू – फैलावटको बनझड ’झोडा’ आबाद र त्यसको राजनैतिक सामीत्व प्राप्तिको सङ्घर्ष नै नाटक ’झोडा’ को मुख्य विषयवस्तु रहेको छ।

नाटकमा तराईमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको निर्माण पक्षले जनाएको छ। नाटक, मङ्गलवार बाहेक हरेक साँझ ५ बजे र शनिवार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved