महोत्तरीमा कलश यात्राका क्रममा दुई समुदायबीच झडप, प्रहरीद्वारा हवाई फायर

महोत्तरीमा कलश यात्राका क्रममा दुई समुदायबीच झडप, प्रहरीद्वारा हवाई फायर

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।

झडपमा ३ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा अस्मिता खातुन, गुलशान खातुन र इजराईल नदाफ रहेको प्रहरीले जनाएको छ।

सम्सी गाउँपालिका-१ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो ।

झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दावी छ । कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन् ।

झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

घटना स्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । सुरक्षाकर्मीहरूले स्थितिलाई नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved