मधेस प्रदेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने

जनकपुर ।  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फागुन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । जनमत पार्टीले सरकार दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री यादवले विश्वासकाे मत लिनु पर्ने अवस्था आएका हाे।

गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनमतका दुई मन्त्रीले राजीनामा दिएका थिए । सरकारबाट जनमत पार्टीको बहिगर्मनसँगै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि एक महिनाभित्र अर्थात् आगामी फागुन ८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

संघीय गठबन्धनको बैठक सम्पन्न भएसंगै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ गत्ते विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाइएको छ ।

आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको बैठक बोलाइएको छ । १ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।

मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको २३ सिट, नेपाली कांग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादीको ९ सिट छ ।

मधेस प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा नै रहेका छन् । वर्तमान समीकरणअनुसार चार दलका ६५ जनाको समर्थन मुख्यमन्त्री यादवलाई देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved