प्रगतिका बाधक बन्छन् यी पाँच बानी

नेपालभ्युज

प्रगतिका बाधक बन्छन् यी पाँच बानी

एजेन्सी । महान् विचारक चाणक्यले आफ्ना नीतिमा जीवनसँग जोडिएका कयौं कुराको वर्णन गरेका छन् । जसको पालन गर्दा हामीले जीवनमा सफलता पाउन सक्छौं ।

चाणक्यका अनुसार व्यक्तिका केही बानी हुन्छन् जो उनीहरुको प्रगतिको बाधक बन्दछन् । आउनुहोस् त्यस्ता बानीबारे जानौं ।

रिस

कुनै पनि व्यक्तिले रिसको झोंकमा आफ्नो सबै कुरा गुमाउन पनि सक्छ । कतिपय अवस्थामा रिसाउने बानीले मानिसलाई आकासबाट सिधै जमिनमा झार्न पनि सक्छ ।

लोभ

लोभको आगोले मानिसलाई जलाएर खरानी बनाउन सक्छ । यस्तोमा उसले आफ्नो जिम्मेवारी नै भुलेर लोभ गर्न थाल्छ र हरेक काममा असफलता हासिल गर्न थाल्छ ।

भेदभाव

कसैमाथि भेदभाव गर्नाले पनि हामी जीवनमा कहिल्यै सुखी र सफल हुन सक्दैनौं । यो बानीले अभिमान पैदा गर्छ र व्यक्ति आफैमा सन्तुष्ट रहन सक्दैन ।

धनको गलत प्रयोग

गलत काम वा अरुलाई हानी पुर्याउनका लागि धन तथा पैसाको प्रयोग गर्नु एकदमै नराम्रो काम हो । यसले तपाईंको प्रगतिलाई रोक्छ ।

आलोचना गर्नु

जतिबेला पनि अरुको आलोचना गर्ने व्यक्तिले कहिल्यै पनि मान सम्मान हासिल गर्न सक्दैन । अरुको आलोचना तथा नराम्रो कुरा त्यस्तो व्यक्तिले गर्छ जसमा  इर्ष्या र द्वेषको भावना हुन्छ । यस्तो व्यक्ति कहिल्यै सफल हुन सक्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved