विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरु (तस्वीरहरु)

विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरु (तस्वीरहरु)

काठमाडौं ।  ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । सम्मेलन बिहिबार (फागुन ३) देखि ७ गतेसम्म हुनेछ ।

उद्घाटनका दिन विश्वका विभिन्न देशका सांस्कृतिक झाँकी र आन्दोलनका स्वरूपहरूसहित र्‍याली निकालिएको छ ।

विभिन्न सामाजिक आन्दोलनमा योगदान पुर्‍याएका विश्वका प्रसिद्ध व्यक्तिहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको मञ्चले जनाएको छ । कार्यक्रममा मजदुर, किसान, महिला, दलित, युवा, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, तथा सीमान्तकृत समुदायका व्यक्तिहरूले सम्बोधन गर्नेछन् ।

कार्यक्रमका लागी ९१ देशका ११६५ वटा संस्थाहरू दर्ता भएका छन् । यसमध्ये अन्तर महादेशीय युवा मञ्च फागुन ५ गते आयोजना हुनेछ । हरेक दिन कार्यक्रमहरू विषयगत प्लेनरीबाट सुरु हुने र समानान्तर सत्रहरू, सभा सम्मेलनहरू हुँदै अन्त्यतिर सांस्कृतिक कार्यक्रमहरूका साथ समाप्त हुने आयोजकले जनाएका छन्।

तस्वीरहरु:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved