स्कारपियोले साइकललाई ठक्कर दियो, दिदीबहिनीको मृत्यु

नेपालभ्युज

स्कारपियोले साइकललाई ठक्कर दियो, दिदीबहिनीको मृत्यु

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत देउखुरीको पिपरीमा स्कारपियो जीपले साइकललाई ठक्कर दिँदा दिदी बहिनीको मृत्यु भएको छ ।

साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ वर्षिया राधा बस्नेत र उनकी बहिनी १६ बर्षिया बिपना केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गईरहेको प्र ३–०१–०२२ च–१३६९ नम्बरको जीपको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतलाई लमही अस्पतालले मृत घोषणा गरेको थियो भने  केसीलाई  क्रिमसन अस्पताल रुपन्देहीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सवारी साधन नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ  । घटनापछि जीप चालक फरार रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved