पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो, ३ जनाको सनाखत

नेपालभ्युज

पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो, ३ जनाको सनाखत
फोटो दिनेश न्यौपाने

काठमाडौं । पाल्पाको चिदिसामा भएको  जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिसहुँदै शीखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटना भएको हो ।

सो दुर्घटनामा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । अन्यको सनाखत नभएको प्रहरीले जनाएको  छ ।

यस्तै घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । घाइतेहरुको  लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved