मनहरीमा मिटरब्याज पीडित र स्थानीयबीचको झडपमा २१ जना घाइते

नेपालभ्युज

मनहरीमा मिटरब्याज पीडित र स्थानीयबीचको झडपमा २१ जना घाइते
सांकेतिक तस्वीर।

हेटौंडा । मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा भएको झडपमा २१ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट पैदलै आएका मिटरब्याज पीडितहरू मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग भएको विवाद झडपमा परिणत भएको हो ।

मिटरब्याज समस्या समाधानका लागि १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट मिटरब्याज पीडितले न्याय मार्च थालेका छन् ।

स्थानीयले गाडी राखेर अवरोध गरेपछि विवाद सुरु भएको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका एक सदस्यले जानकारी दिए । विवाद बढेपछि भएको झडपका घाइतेलाई उपचारका लागि मनहरी अस्पताल लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved