भीम सार्कीले पनि बनाए एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक

नेपालभ्युज

भीम सार्कीले पनि बनाए एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक

काठमाडौं। क्यानडविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा भीम सार्कीले पनि शतक प्रहार गरेका छन्। एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा भीम सार्कीले १२७ बलमा शतक पूरा गरे । उनले आफ्नो २१ औँ एकदिवसीय अन्तराष्ट्रियमा आइपुगेर बल्ल शतक प्रहार गरेका हुन् ।

सो क्रममा भीमले ११ चौका र १ छक्का प्रहार गरेका थिए । यसअघि अनिल साहले पनि शतक प्रहार गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved