निर्वाचन आयोगविरुद्ध कानुनी उपचार खोज्ने जसपा नेपालको तयारी

नेपालभ्युज

निर्वाचन आयोगविरुद्ध कानुनी उपचार खोज्ने जसपा नेपालको तयारी

काठमाडौं । पार्टी विभाजनको चोट ब्योहरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने छ ।

बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने बताइएको छ । यसअघि हिजो बसेको शीर्ष नेतृत्वको बैठकले दल विभाजनविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आजको केन्द्रीय कार्यकारिणी समितिको बैठकले औपचारिकता दिने जसपा नेपालले जनाएको छ ।

दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेकाले निर्वाचन आयोगको निर्णय कानुन विपरित रहेको जसपा नेपालको तर्क छ । पार्टीको आगामी धारणा सार्वजनिक गर्न बैठकलगत्तै पत्रकार सम्मेलन गर्ने प्रवक्ता मनिष सुमनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved