काठमाडौंको होटलमा मृत फेला परिन् एक महिला

नेपालभ्युज

काठमाडौंको होटलमा मृत फेला परिन् एक महिला
प्रतिकात्मक तस्वीर

काठमाडौं । काठमाडौंको एक होटलमा एक जना महिला मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार शनिबार अपराह्नमा काठमाडौं-९ विजयचोकमा रहेको ‘सिराहा धनुषा होटल एन्ड लज’ नामक होटलमा एक महिला मृत फेला परेकी हुन् ।

अन्दाजी ४५-५० वर्षीया मृत महिलाको पहिचान खुलेको छैन । घटना प्रकृति हेर्दा महिलाको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

शनिबार अपराह्नतिर घटना बारे खबर पाएपछि प्रहरी वृत्त गौशालाबाट अनुसन्धान अधिकृतको टोली खटिएको छ।

एक जना पुरुषले उक्त कोठा लिएको खुले पनि ती पुरुषको पहिचान खुलिसकेको छैन ।

प्रहरी स्रोतका अनुसार महिलाको घाँटीमा डोरीले कसेर बेडमा हत्या गरेको आशंका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved