जिउँदै मरेको प्रचार गर्ने पुनम पाण्डेलाई अर्को झड्का, क्यान्सरको ब्रान्ड एम्बासडर अस्वीकृत

नेपालभ्युज

जिउँदै मरेको प्रचार गर्ने पुनम पाण्डेलाई अर्को झड्का, क्यान्सरको ब्रान्ड एम्बासडर अस्वीकृत

मुम्बई । मरेको झुठो हल्ला फैलाउने विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई भारत सरकारले सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्रान्ड एम्बासडर नबनाउने भएको छ । यसअघि पुनमलाई ब्रान्ड एम्बासडर बनाउने तयारी थियो ।

युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको गतिविधिको कारण अस्वीकृत गरिएको जानकारी दिएको हो ।

उनका लगातारका विभिन्न हरकतले फ्यान र बलिउड कलाकारहरू निकै रिसाइरहेको छन् ।

ती निर्णय उनका लागि प्रत्युत्पादक बन्दै गएको छ ।

पुनमको टिमले गत फेब्रुअरी २ मा आफ्नो इन्स्टाग्राममा पुनमको सर्वाइकल क्यान्सरका कारण मृत्यु भएको झुटो कुरा पोस्ट गरेको थियो । पोस्टका कारण उनका फ्यानदेखि लिएर बलिउडकर्मी शोकमग्न बनेका थिए ।

मृत्युको खबर भाइरल भएको भोलिपल्ट अर्थात् फेब्रुअरी ३ मा पुनमले एक भिडिओ सन्देश जारी गर्दै आफू जीवित रहेको बताएकी थिइन् ।

उनले सर्वाइकल क्यान्सरका बारेमा आम मानिसमा जानकारी दिनका लागि आफ्नो टिमसँग मिलेर मृत्युको झुटो स्टन्ट गरेको उल्लेख गरेकी थिइन् । उनको यो हरकतले फ्यान र बलिउड कलाकारहरू निकै रिसाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved