शाहिद कपूरले छोडेका थिए यी सुपरहिट फिल्म

नेपालभ्युज

शाहिद कपूरले छोडेका थिए यी सुपरहिट फिल्म

एजेन्सी । शाहिद कपूर आफ्नो आउँदै गरेको फिल्म ‘तेरी बातों मे ऐसा उलझा जिया’ लाई लिएर चर्चामा बनिरहेका छन् ।

यसैबीच हामी बताउन गइरहेका छौं विगतमा उनले कस्ता फिल्म छोडेका थिए भन्नेबारे ।

ऋतिक रोशनले अभिनय गरेको फिल्म ‘बैंग बैंग’ सबैभन्दा पहिला शाहिद कपूरका लागि अफर गरिएको थियो ।

त्यस्तै फिल्म ‘रांझणा’ का लागि निर्माताहरुका पहिलो रोजाई पनि शाहिद कपूर थिए । पछि उक्त फिल्ममा दक्षिणका अभिनेता धनुषले अभिनय गरेका थिए ।

सन् २०११ मा आएको सुपरहिट फिल्म ‘रकस्टार’ मा रणबीर कपूरभन्दा पहिला शाहिद कपूरलाई अफर गरिएको थियो ।

त्यस्तै फिल्म ‘गोरी तेरे प्यार मे’ का लागि इमरान खानभन्दा पहिला शाहिद कपूरलाई रोजिएको थियो ।

त्यस्तै फिल्म ‘रंग दे वसन्ती’ मा पनि शाहिद कपूरले काम गर्न मनाही गरेका थिए । त्यस्तै दिवंगत अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘शुद्ध देसी रोमान्स’ का लागि पनि शाहिद कपूरलाई आग्रह गरिएको थियो ।

त्यस्तै अक्षय कुमारको फिल्म ‘वन्स अपन ए टाइम इन मुम्बई दुबारा’ मा पनि शाहिद कपूरका लागि अफर गरिएको थियो ।

यसरी शाहिदले अन्य फिल्म ‘मटरु की बिजली का मन्डोला’, ‘बेसरम’ जस्ता फिल्ममा पनि काम गर्न मनाही गरिदिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved