राष्ट्रियसभा अध्यक्षमा माओवादीको स्वाभाविक दाबी रहन्छ : प्रचण्ड

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्षमा माओवादीको स्वाभाविक दाबी रहन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलको स्वाभाविक दाबी रहने बताएका छन् ।

आफ्नो दलको तर्फबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै प्रमुख सचेतक (प्रतिनिधिसभा) हितराज पाण्डेले नेपालभ्यूजसँग भने, “राष्ट्रिय सभामा हामी सबैभन्दा ठूलो दल हौँ । त्यसैले अध्यक्षमा हाम्रो स्वाभाविक दाबी रहन्छ ।”

त्यस सम्बन्धमा गठबन्धनमा छलफल गर्ने पनि प्रचण्डले बताएका छन् ।

त्यसो त उनले यसअघि नै अध्यक्षको अर्को दाबेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अनौपचारिकरूपमा अध्यक्षको दाबेदारी पेश गरिसकेका छन् । जवाफमा देउवाले पार्टीमा छलफल गर्ने बताएका छन् ।

राष्ट्रियसभा अध्यक्षमा कांग्रेस र माओवादी दुवैको दाबी, सिटौलालाई मन्त्री बनाउने प्रधानमन्त्रीको प्रस्ताव

गठबन्धनमा भएको समझदारीअनुसार अबको ११ महिनापछि प्रधानमन्त्री पदबाट प्रचण्ड हट्दा संवैधानिक परिषद्‌मा आफ्नो दलको सहभागिता शून्य हुने उल्लेख गर्दै माओवादी नेताहरूले राष्ट्रियसभा अध्यक्ष आफ्नो दलले पाउनुपर्ने बताउने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved