रवि लामिछाने र पूर्व उपराष्ट्रपतिका छोरा दीपेशलगायत विरुद्धको जाहेरी कास्की प्रहरीमा

सूर्यदर्शन सहकारी पीडितले रास्वपा सभापति रवि लामिछाने, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी बुझाएका छन् ।

नेपालभ्युज

रवि लामिछाने र पूर्व उपराष्ट्रपतिका छोरा दीपेशलगायत विरुद्धको जाहेरी कास्की प्रहरीमा
फाइल फोटो

पोखरा । सूर्यदर्शन सहकारी पीडितले रास्वपा सभापति रवि लामिछाने, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी बुझाएका छन् ।

पीडितहरूले कास्की प्रहरीमा जाहेरी बुझाए पनि दर्ता भएको छैन । जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायतको नाम भएकाले प्रहरीलाई दर्ता नगर्न दबाब आएको स्रोतको भनाइ छ ।

पूर्व उपराष्ट्रपति पुन माओवादी पृष्ठभूमिका हुन् । अहिले सरकारको नेतृत्व पन माओवादीकै रहेकोले आफूहरूको जाहेरी दर्ता नगर्न दबाब दिएको पीडितहरूको आरोप छ ।

जाहेरीमा पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालगायतको नाम छ । यसबाहेक उनीहरू निकटका सहकारीविरुद्ध पनि जाहेरीमा नाम छ ।

संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नाष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि आरोप छ ।

निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले बताए ।

यसअघि रवि लामिछानेलगायतविरुद्ध दिन लागिएको जाहेरी प्रहरीले लिन नमानी फर्कादिएको थियो । अहिले भने प्रहरीले जाहेरी बुझेको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न सूर्यदर्शन सहकारीबाट पैसा लगेको र उक्त टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा त्यतिबेला रवि लामिछाने रहेका कारण उनी पनि छानबिनको दायरामा आउनुपर्ने पीडितको भनाइ छ ।

सूर्यदर्शन सहकारीका सञ्चालक जिबी राई हुन् । उनी अहिले फरार छन् । राईले नै स्थापना गरेको ग्यालेक्सी टेलिभिजनमा रविले गुडविल सेयर लिएर एक वर्ष काम गरेका थिए । कतिपयले भने सोही आधारमा मात्रै सहकारी ठगीमा रवि जोडिन नसक्ने दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved