यू–१९ विश्वकप क्रिकेटमा सहभागी भएको नेपाली टोली स्वदेश आइपुग्यो

नेपालभ्युज

यू–१९ विश्वकप क्रिकेटमा सहभागी भएको नेपाली टोली स्वदेश आइपुग्यो

काठमाडौं। आइसीसी यू–१९ विश्वकप क्रिकेटमा सहभागी भएको नेपाली टोली स्वदेश आइपुगेको छ।

नेपाली टोली सोमबार बिहान काठमाडौं ओर्लिएको हो । नेपाल क्रिकेट संघ क्यानका पदाधिरकारीले टोलीलाई स्वागत गरेका थिए ।

समूह चरणमा पाकिस्तान र न्यूजिल्यान्डसँग पराजित भएको नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो।

अफगानिस्तानलाई हराउँदै सुपर ६ मा पुगेको नेपाल बंगालदेश र भारतसँग पराजित भएपछि सेमिफाइनल पुग्नबाट बञ्‍चित भएको थियो ।

१६ टिम सहभागी प्रतियोगितामा नेपाल ११औं स्थानमा रहन सफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved