सहकारी ठगीमा रवि लामिछानेविरुद्ध पुनः जाहेरी दिने तयारीमा पीडित

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न सूर्यदर्शन सहकारीबाट पैसा लगेको र उक्त टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा त्यतिबेला रवि लामिछाने रहेका कारण उनी पनि छानबिनको दायरामा आउनुपर्ने पीडितको भनाइ छ ।

नेपालभ्युज

सहकारी ठगीमा रवि लामिछानेविरुद्ध पुनः जाहेरी दिने तयारीमा पीडित
फाइल फोटो

पोखरा । पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरूले आफूहरूको जाहेरी कास्की प्रहरीले लिन नमानेको गुनासो गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलगायतविरुद्ध दिन लागिएको जाहेरी प्रहरीले लिन नमानी फर्कादिएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

रविसहित करोडौँ रकम लगेर वर्षौँसम्म अपचलन गर्दै ऋण नतिर्ने करिब ८० जनाविरुद्ध पनि उजुरी दिन लागेका हुन् । पुलेसो कर्जामा रवि लामिछाने पनि छन् । यसैले उनीमाथि पनि अनुसन्धान हुनुपर्छ भन्दै जाहेरी दिन लागेको उनीहरुको तर्क छ ।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न सूर्यदर्शन सहकारीबाट पैसा लगेको र उक्त टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा त्यतिबेला रवि लामिछाने रहेका कारण उनी पनि छानबिनको दायरामा आउनुपर्ने पीडितको भनाइ छ ।

सूर्यदर्शन सहकारीका सञ्चालक जिबी राई हुन् । उनी अहिले फरार छन् । राईले नै स्थापना गरेको ग्यालेक्सी टेलिभिजनमा रविले गुडविल सेयर लिएर एक वर्ष काम गरेका थिए । कतिपयले भने सोही आधारमा मात्रै सहकारी ठगीमा रवि जोडिन नसक्ने दाबी गरेका छन् ।

रवि लामिछानेविरुद्ध उजुरी दिन बचतकर्ताहरू गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । तर, जिप्रका उजुरी दर्ता गर्न मानेन । जिप्रका कास्कीका प्रहरी प्रमुख एसी मोहन थापाले उजुरी रितपूर्वक नआएकाले दर्ता नगरिएको बताए ।

कम्पनी रजिस्ट्रारमा बुझाएको कागजातका कारण रवि अर्को समस्यामा, कानुनविद्सँग गरे परामर्श

सूर्यदर्शनका पीडितहरूले संघर्ष समिति समेत बनाएका छन् । सोही संघर्ष समितिका तर्फबाट संयोजक किरण श्रेष्ठले दुई–तीन पटक जाँदा प्रहरीले लिन नमानेको बताए ।

८० जनाविरुद्ध जाहेरी दिन लागेको संयोजक श्रेष्ठले बताए । तीन पटकसम्म जाहेरी दिन जाँदा प्रहरीले तीनै पटक फर्काएको उनले सुनाए ।

उनले भने, ‘‘छानबिन समितिको प्रतिवेदन पढेर सम्भावित दोषीहरूविरुद्ध जाहेरी दिन लागेका हौँ । कहिले पारिवारिक विवरण नखुलेको भनेर फर्कायो । हामीलाई पारिवारिक विवरणसहित दिनुस् भन्छन् । हामी कहाँ खोज्न जाने ? कहिले सहकारी ऐन अन्तर्गत भएन भनेर फर्कायो ।’’

उपाय नलागेपछि पीडितहरूले कम्पनी र पारिवारिक विवरण प्राप्त भएकाविरुद्ध मात्रै अर्को जाहेरी बनाएका छन् ।

पीडितहरूले पूरक अनुसन्धानको माग गरेका छन् । उनीहरूले जिल्ला प्रशासन, पोखरा महानगरपालिका, पोखराको सहकारी महाशाखा, उच्च अदालत, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा पूरक अनुसन्धानको मागपत्र बुझाएका छन् ।

३ सयभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाउनुपर्ने सूर्यदर्शन सहकारी पीडितहरूको माग छ ।

सम्बन्धित समाचार-

१ करोड ८० लाखबारे रवि लामिछाने : चेक जम्मा गर्नेसँग पैसा नभएपछि मेरो खातामा आएन

रविको पुनः प्रष्टीकरण- म ग्यालेक्सीको कर्मचारी थिएँ, सञ्चालक हैन

रविको जवाफ : डिपोजिट स्लिपमा कसले मेरो नाम लेखिदियो, थाहै भएन

ग्यालेक्सी शेयर प्रकरणबारे रवि- पहिलेदेखि जे भन्दै आएँ, त्यसमै अडिग छु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved