ग्यालेक्सी शेयर प्रकरणबारे रवि- पहिलेदेखि जे भन्दै आएँ, त्यसमै अडिग छु

नेपालभ्युज

ग्यालेक्सी शेयर प्रकरणबारे रवि- पहिलेदेखि जे भन्दै आएँ, त्यसमै अडिग छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छोड्दा १ करोड ८० लाख खातामा लिएका विषयमा आफूलाई थाहा नभएको बताएका छन् । फेसबुकमा लेख्दै उनले ‘पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु’ भनेका छन् ।

यसअघि उनले टिभी वा अरू कुनै निजी कम्पनीले सहकारीको ऋण लिन नहुने कानुनी व्यवस्थाबारे आफूलाई थाहा नभएको बताएका थिए । अहिले पनि फेरि उनले उस्तै खालको जवाफ दिएका छन् ।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीको पैसा लिएर सेयर पाएका थिए । छाड्दा सहकारीबाटै टीभीले लिएकाे १ करोड ८० लाख खातामा लिएका थिए ।

त्यो समाचार प्रकाशन भएपछि अहिले उनले फेसबुकमा जवाफ लेखेका हुन् ।

उनले भनेका छन्, ‘‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौँ है । मलाई केही कुरा लुकाउनु छैन । पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका “स्लिप“ मा कोही “स्लिप’’ हुनै पर्दैन । बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरू एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved