शिल्पीमा नाटक ‘गंगालाल’ (तस्वीरहरु)

शिल्पीमा नाटक ‘गंगालाल’ (तस्वीरहरु)

काठमाडौ। सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’, यहीँ माघ १९ गतेदेखि बत्तिसपुतलीमा अबस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भइरहेको छ।

सहिद गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटकलाई चे शंकरले लेखन तथा निर्देशन गरेका छन्। विक्रम संवत् १९९१ देखि १९९७ सम्म राणा शासनको बिरोधमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनालाई नाटकमा समाबेश गरिएको छ।

माघ २९ गतेसम्म मञ्चन हुने नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिप कुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई र रोशन चन्दले अभिनय गरेका छन्।

नाटकमा तत्कालीन समयका राजनैतिक कर्मीहरु टंकप्रसाद आचार्य, गणेशमान सिंह सहित सहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलाई समेत मञ्चमा देखाइएको छ।

तत्कालीन राजनैतिक दल प्रजापरिषदमा लागेको आरोपमा १९९७ कात्तिक २ गते तत्कालीन राणा सरकारले गंगालाललाई पक्राउ गरि १९९७ माघ १५ गते दशरथ चन्द संगै शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो।

नाटक यहि माघ २९ गतेसम्म हरेक साँझ ५ बजे र शनिबार दिउँसो अतिरिक्त शो १ बजे मञ्चन हुनेछ।

तस्वीरहरु:-

  तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved