इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

नेपालभ्युज

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएकी हुन् ।

मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । बाहिरिएपछि उनले आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुङ्गिएको लेखेकी छिन् ।

उनी लेख्छिन्– मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको साङ्गीतिक यात्रा भर्खर सुरु भएको छ ।’

उनले लेखेकी छिन्, ‘म सबै जनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु ।’

उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् ।

उनले यो अवधिमा ‘सलार’मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् ।

उत्कृष्ट १० मा पर्नु मेनुकाका लागि एउटा ठूलो सफलता मात्रै होइन विगतका कुनै रियालिटी शोमा पुग्न नसकेको स्थान पनि हो ।
जब उनी इन्डियन आइडलको उत्कृष्ट १५ मा पुगेर प्रत्येक कार्यक्रममा निर्णायकहरूको वाह वाही पाउँथिन् ।

यसअघि कार्यक्रममै चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए । जसमार्फत अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved