आसन्न दुई प्रतियोगिताका लागि क्यानले घोषणा गर्यो नेपाली टोली

नेपालभ्युज

आसन्न दुई प्रतियोगिताका लागि क्यानले घोषणा गर्यो नेपाली टोली

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यही महिना आयोजना हुने दुई प्रतियोगिताका लागि टोली घोषणा गरेको  छ ।

क्यानडासँग खेल्ने तीन एक दिवसीय शृंखला र आईसीसी विश्वकप लिग–२ अन्तरगतको नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक शृंखलाका लागि टोली घोषणा गरेको हो।

दुवै प्रतियोगितामा रोहित पौडेल कप्तान छन् । तर, खेलाडीमा भने केही परिवर्तन छ ।

क्यानडासँग खेल्ने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह छन्।

यो टोलीमा दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी लगायत अटाएका छैनन् ।

लिग–२ खेल्ने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल छन् ।

प्रतिस जिसी, देव खनाल, अनिल साह र विवेक यादवलाई वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ।

नेपालले क्यानडासँग घरेलु मैदानमा फेब्रुअरी ८ देखि १२ सम्म तथा लिग–२ अन्तरगतको त्रिकोणात्मक सिरिज फेब्रुअरी १५ देखि २४ सम्म खेल्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved