भारतले जिते नाङ्गिने बताएर चर्चामा आएकी थिइन् पुनम पाण्डे, भन्थिन् ‘म सती सावित्री होइन’

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले बाँचेकी जीवनको छोटो समयमा उनी पटकपटक चर्चामा आइन् । पुनम आफ्नो विवाह, बोल्ड तस्वीर, विवादित बयानका कारण चर्चामा छाइरहन्थिन् ।

नेपालभ्युज

भारतले जिते नाङ्गिने बताएर चर्चामा आएकी थिइन् पुनम पाण्डे, भन्थिन् ‘म सती सावित्री होइन’

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले बाँचेकी जीवनको छोटो समयमा उनी पटकपटक चर्चामा आइन् । पुनम आफ्नो विवाह, बोल्ड तस्वीर, विवादित बयानका कारण चर्चामा छाइरहन्थिन् ।

उनको शुक्रबार ३२ वर्षको उमेरमै निधन भएको छ । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । पाण्डेको जन्म ११ मार्च १९९१ भारतको कानपुरमा भएको थियो । उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् ।

उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । उनले ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा भाग लिएकी थिइन् ।

पुनम पाण्डेले बाँचेकी जीवनको छोटो समयमा पटकपटक चर्चामा आइन् । खासगरी विवाह, बोल्ड तस्वीर, विवादित भनाइका कारण चर्चामा छाइरन्थिन् ।

पुनममाथि उनका श्रीमान् स्याम बम्बेले कुटपिट गरेका घटनाले चर्चामा थिइन् । आफ्ना श्रीमानलाई पटक पटक जेल पठाइन् । पछि उनले समबन्धविच्छेद गरिन् ।

टिम इन्डियाले विश्वकप जिते नग्न हुने भनाइ

पुनम पाण्डे त्यतिबेला चर्चामा आएकी थिइन् तब उनले नग्न हुने घोषणा गरेकी थिइन् । कुरा सन् २०११ को हो । त्यतिबेला सबैको नजर क्रिकेट विश्व कपमा भारतको प्रस्तुतिमा अडिएको थियो ।

त्यति नै बेला पुनम पाण्डेले यस्तो दाबी गरिन् जसका कारण उनको व्यापक चर्चा हुनथाल्यो । पुनमले टिम इन्डियाले विश्वकप जिते आफू नग्न हुने घोषणा गरिन् ।

पुनमको यो दाबीले सोसल मिडियामा तहल्का नै मच्चाइदियो । उनी सोसल मिडियाको सेन्सेशन बनिन् । पुनमले बीसीसीआईलाई यसबारे पत्रसमेत लेखिन् । बीसीसीआईले पुनमलाई यस्तो क्रियाकलापका लागि अनुमति दिएन ।

भारतीय अभिनेत्री एवं मोडल पूनम पाण्डेको निधन

जब पुनम नाङ्गिइन्

सन् २०१६ मा टिम इन्डियाले बङ्गलादेशलाई हरायो । तब उनले आफ्नो अर्धनग्न फोटो सेयर गरिन् ।

पुनमको यो फोटोमा बेस्सरी बबाल भयो । पुनमको यो फोटो सोसल मिडियामा असाध्यै ट्रेन्ड भयो ।

त्यसबेलादेखि अहिलेसम्म पुनम पाण्डेको बोल्ड र इरोटिक तस्वीर–भिडिओ सेयर गर्ने सिलसिला जारी रह्यो ।

भनेकी थिइन्, ‘म सती सावित्री होइन’

सन् २०१६ मा पुनम पाण्डे आफ्नो अर्को बयानका लागि मिडियाको हेडलाइनमा बस्न सफल भइन् । फिल्म विरप्पनको प्रिमियरमा पुनमलाई आफूलाई विवादबाट टाढा राख्नेबारे प्रश्न सोधिएको थियो ।

यसबारे उनले भनेकी थिइन्, ‘मेरो फिल्मको घोषणा मैले यसै हप्ता गर्दै थिएँ त्यसैले शान्त थिए । सोचेँ विवादबाट एक कदम पछि नै हटूँ… सती सावित्री होइन किनभने यो मलाई सुहाउँदैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved