भारतीय अभिनेत्री एवं मोडल पूनम पाण्डेको निधन

नेपालभ्युज

भारतीय अभिनेत्री एवं मोडल पूनम पाण्डेको निधन

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको छ ।  उनको शुक्रबार बिहान निधन भएको जानकारी दिइएको छ ।

परिवारजनले उनको इन्स्टाग्राम ह्यान्डलमार्फत निधन भएको जानकारी दिएका हुन् । म्यानेजर निकिता शर्माले दिएको जानकारी अनुसार पूनम पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् ।

पूनम सामाजिक सञ्जालमा गर्ने पोस्ट र मोडलिङबाट परिचित थिइन् । त्यस्तै उनी रियालिटी टेलिभिजन शो ‘लकअप’ बाट समेत चर्चामा आएकी थिइन् ।

११ मार्च १९९१ मा कानुपुरमा जन्मेकी पाण्डेले आफ्नो करिअर मोडलिङबाट सुरु गरेकी थिइन । उनले सन २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यु गरेकी थिइन ।

उनी बोल्ड सिन र अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने गरेकी थिइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved