यू–१९ विश्वकप क्रिकेट

नेपाल बंगलादेशसँग पराजित, सुवास भण्डारीले लिए ५ विकेट

नेपालभ्युज

नेपाल बंगलादेशसँग पराजित, सुवास भण्डारीले लिए ५ विकेट

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टेनमा बुधबार भएको सुपर ६ को पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो।

१७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्‍यो । बंगलादेशका लागि अरिफुल इस्लामले अविजित ५९ र जिशान आलमले ५५ रन बनाए। नेपालका लागि सुवास भण्डारीले ५ विकेट लिए। उनले ८ ओभरमा ४४ रन खर्चेर ५ विकेट पुरा गरे। तथापि, जितको लागि पर्याप्त हुन सकेन।

टस जितेर ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो।

नेपालका लागि विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रनको योगदान गरे। सुवास भण्डारी १८ रनमा अविजित रहे। अर्जुन कुमालले १४ रन जोडे। ७ खेलाडीले दोहोरो अंक छुन सकेनन्। बंगलादेशी बलरले नेपाललाई ३१ रन अतिरिक्त दिएका थिए ।

बंगलादेशका लागि रोहानत दौल्लाह बोर्सनले ४ र शेख पभिज जिबोनले ३ विकेट लिए। अब नेपालले अर्को खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved