राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ

नेपालभ्युज

राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ

काठमाडौं ।  राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायी गरी चार जनालाई प्रहरीले पक्राउ गरेको ।

चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरु सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।

कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई बिल रसिद खोजेपछि दिन नसक्दा पक्राउ गरेर सिधै पथलैया पुर्‍याएको भन्दै उनीहरु विरोधमा उत्रेका छन् ।

सानो विषयलाई अपराधिक शैलीमा व्यवासायीलाई पक्रेर पथलैया पुर्‍याइएपछि व्यवसायी आक्रोशित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved