गहना लुट्न घिमिरेको हत्या गरेको खुलासा, ५ दिनपछि आरोपी सार्वजनिक

नेपालभ्युज

गहना लुट्न घिमिरेको हत्या गरेको खुलासा, ५ दिनपछि आरोपी सार्वजनिक

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ की ६२ वर्षीय दिलकुमारी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका सुनसरीको धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन राई भनिने आकास राईलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले सोमबार सार्वजनिक गरेको हो।

घिमिरे माघ ६ गते बिहान मृत भेटिएकी थिइन् । हत्याको ५ दिनपछि राईलाई प्रहरीले धरानबाट पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठले दाउरा खोज्दै गर्दा रुखको ठुटाले लागेर मृत्यु भएको भनिएको घिमिरेको हत्या भएको रहस्य खुलेको जानकारी दिए ।

उनको शव दाहासंकारका क्रममा आफन्तले मृतकले लगाएको गरगहना नभएको भन्दै प्रहरीलाई खबर गरेपछि घटना थप शंकास्पद बनेको थियो।

अनुसन्धानका क्रममा घिमिरेको टाउको पछाडि बन्चरोले हानी हत्या गरेको खुलेको हो ।

राईले हत्या पछि मृतकको साथमा भएको सुनको रिङ लिएर आफ्नी श्रीमतीसहित धनकुटा हुँदै धरान पुगेको बयान दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved