प्रधानमन्त्री कप क्रिकेट

सुदूरपश्चिमलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो

नेपालभ्युज

सुदूरपश्चिमलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा २६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४०.१ ओभरमा १६५ रनमा अलआउट भएको हो।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ६८ रन बनाए पनि जिताउन सकेनन् । शेर मल्लले २४ र नरेन भट्टले १८ रन जोडे।

आर्मीका जितेन्द्र मुखियाले ५ विकेट लिए । यस्ते सोमपाल कामीले २ तथा शाहब आलम, कुशल मल्ल र बसिर अहमदले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको आर्मी ४८.३ ओभरमा २६२ रन बनाएर अलआउट भएको थियो । आर्मीका कुशल मल्लले ७५ रन बनाए  सन्दीप राजलीले ३७ र बसिर अहमदले ३६ रनको योगदान गरे ।

सुदूरपश्चिमका भोजराज भट्टले ९.३ ओभरमा ६३ रन खर्चेर ६ विकेट लिए। नरेन साउदले ३ तथा विकास आग्रीले १ विकेट लिए।

८ मध्ये ६ खेल जितेको आर्मी १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। ७ खेलबाट ८ अंक जोडेको सूदूरपश्चिम आठौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved