विवादास्पद अभिव्यक्ति दिएलगत्तै अभिनेत्री मनिषा कोइरालाले भेटिन् दुर्गा प्रसाईं

प्रसाईँले फेसबुकमा पोस्ट गरेको फोटोमा केहीले ‘नेपाली राष्ट्रियताको मनीषालाई यति धेरै माया थियो भने देशमै बसेर नेपाली सिनेमाकै लागि किन काम गरिनन् ?’ भनेका छन् ।

नेपालभ्युज

विवादास्पद अभिव्यक्ति दिएलगत्तै अभिनेत्री मनिषा कोइरालाले भेटिन् दुर्गा प्रसाईं

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले ‘भाइरल म्यान’ दुर्गा प्रसाईंलाई भेटेकी छिन् । ‘राष्ट्रवाद’बारे विवादास्पद अभिव्यक्ति दिएर अहिले चर्चामा रहेकी उनले आइतबार भक्तपुरस्थित प्रसाईं निवासमै भेटेकी हुन् ।

शनिबार उनले एक कार्यक्रममा ‘ग्लोबलाईजेसन’ को विरोध गर्दै नेपालमा राष्ट्रवाद कमजोर भएको तर्क गरेकी थिइन् । आइतबार उनी प्रसाईंलाई भेट्न गइन् । प्रसाईं पछिल्लो समय हिन्दू राष्ट र राजसंस्था फर्काउनुपर्छ भन्दै आन्दोलनमा छन् ।

मनिषा कोइरालाको राजनीतिक पृष्ठभूमि हेर्दा उनका यस्ता अभिव्यक्ति अनपेक्षित छैनन् ।

मनिषा कोइरालाले आफ्नो जीवनको अधिकांश समय भारतमा बिताइन् । मूलतः हिन्दीलगायत विभिन्न भारतीय भाषाका सिनेमामा काम गरिन् ।

जीवनभरी भारतीय सिनेमाका लागि काम गरेकी एक अभिनेत्रीले जब ‘राष्ट्रवाद’ का नाममा नेपाली जनतालाई अनावश्यक सङ्कीर्णतातिर उक्साउने प्रयत्न गर्नु शोभनीय नभएको कतिपयको तर्क छ ।

यही मेसोमा ‘नेपाललाई भारतको प्रान्त बनाउनुपर्छ’ भन्दै अन्तरवार्ता दिँदै आएका प्रसाईंलाई मनिषाले भेटेकी हुन् । भेटपछि प्रसाईंले ‘अर्थपूर्ण भेट’ भन्दै फोटो सार्वजनिक गरेका छन् ।

भारतीय सिनेमाको तुलनामा मनिषाले नेपाली वा नेपाली भाषाका सिनेमा एकदमै थोरैमा काम गरेकी छन् । भलै कि उनको सिने जगतमा प्रवेश नेपाली भाषाको ‘फेरि भेटौँला’ बाट भएको थियो । प्रसाईंले फेसबुकमा पोस्ट गरेको फोटोमा केहीले ‘नेपाली राष्ट्रियताको मनिषालाई यति धेरै माया थियो भने देशमै बसेर नेपाली सिनेमाकै लागि किन काम गरिनन् ?’ भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved