२७ वर्षअघि लेखिएको ‘पिरतीको गीत’मा बबिना भट्टराईले दिइन् स्वर

गीतकार हरिराम पौडेलले २७ वर्षअघि कोरेको यी शब्दमा अहिले आवाज भरेकी हुन् गायिका बबिना भटराईले । दशकभन्दा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय बबिना गीत लेखिँदा (विसं २०५३मा) भने धेरै सानी थिइन् ।

नेपालभ्युज

२७ वर्षअघि लेखिएको ‘पिरतीको गीत’मा बबिना भट्टराईले दिइन् स्वर

पिरतीको गीत मेरो तिमीलाई सुनाउँछु
बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ।

गीतकार हरिराम पौडेलले २७ वर्षअघि कोरेको यी शब्दमा अहिले आवाज भरेकी हुन् गायिका बबिना भटराईले । दशकभन्दा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय बबिना गीत लेखिँदा (विसं २०५३मा) भने धेरै सानी थिइन् ।

‘पिरतीको गीत’ बोलको यो गीतको भिडिओ उनकै नामको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

भिडिओमा गायिका बबिना आफैँ फिचर्ड छिन् । गीतको एरेन्जर सञ्जय श्रीपाल हुन् । मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको छ ।

म्युजिक नेपालको स्टुडिओमा रेकर्डिङ गरी जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड छिन् । गीत टिकटकमा पनि खुबै चर्चामा छ ।

सार्वजनिक भएलगतै दर्शक स्रोताको राम्रो प्रतिक्रिया भएकी गायिका बबिना भन्छिन्, ‘‘म सानोहुँदा नै लेखिएको यो गीत हरिराम पौडेल सरको गीति सङ्ग्रहमा प्रकाशित थियो । खै समयले भनौँ या संयोगले…. ऐले आएर आफ्नै सङ्गीत र स्वरमा रेकर्ड गराएँ । दर्शक स्रोतामाझ पस्किने अवसर पाएँ । साँच्चै खुसी लागेको छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved