प्रधानमन्त्री कप क्रिकेट

आर्मीले दियो कर्णालीलाई २८० रनको लक्ष्य, विनोद भण्डारीको शतक

नेपालभ्युज

आर्मीले दियो कर्णालीलाई २८० रनको लक्ष्य, विनोद भण्डारीको शतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २८० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २७९ रनको योगफल तयार पारेको थियो।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेले। १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै विनोद १०० रनमा अविजित रहे। जारी प्रतियोगितामा यो उनको दोस्रो शतक हो। यसअघि उनले मधेसविरुद्ध ८९ बलमा शतक पूरा गरेका थिए।

बसिर अहमद शतक बनाउनबाट २ रनले चुके । उनले ९२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ९८ रन बनाए। भीम सार्कीले २५ र कुशल मल्लले २१ रन जोडे।

कर्णालीका लागि दिपेन्द्र रावतले २ तथा प्रकाश जैशी, दिनेश अधिकारी र दिवान पुनले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved