सुदूरपश्चिम माओवादीले भन्यो- संसदीय दलको नेताबाट भट्टलाई नहटाउनू, तत्काल निर्णय सच्याउनू

खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन् । ११ जना प्रदेशसभा सदस्य रहको सुदूरपश्चिममा एकजना सभामुख छन् ।

नेपालभ्युज

सुदूरपश्चिम माओवादीले भन्यो- संसदीय दलको नेताबाट भट्टलाई नहटाउनू, तत्काल निर्णय सच्याउनू

कैलाली । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले पार्टीको प्रदेशसभा संसदीय समितिलाई तत्काल निर्णय सच्याउन निर्देशन दिएको छ ।

पार्टीले संसदीय समितिको दलका नेता खगराज भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन निर्देशन दिएको हो ।

धनगढीमा बसेको उपलब्ध पार्टी पदाधिकारीको बैठकले पार्टीको विधिविपरीत र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल सच्याउन निर्देशन दिएको हो ।

प्रदेश अध्यक्ष र हरिराम चौधरी ‘उत्सव’ र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलको नेता भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

संसदीय दलका उपनेता रावल पार्टीका प्रदेश उपाध्यक्ष पनि हुन् । उनकै अध्यक्षतामा बसेको बहुमतको बैठकले भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेको थियो ।

खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन् । ११ जना प्रदेशसभा सदस्य रहको सुदूरपश्चिममा एकजना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट ‘सरल’, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुँवर भने उपस्थित भएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved