ओजसमा ‘समयको पीडा’ (तस्वीरहरू)

नाटकमा रोजगार तथा अध्ययनका लागि विदेश गएका छोराछोरी नफर्केपछि एक्लिएका बा-आमाको पीडाको कथा समावेश गरिएको छ । साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण गरी यो नाटक तयार पारिएको हो ।

ओजसमा ‘समयको पीडा’ (तस्वीरहरू)

काठमाडौं । कलाशी प्रोडक्शन हाउस प्रालिको प्रस्तुति रहेको नाटक ’समयको पीडा’ रातोपुलमा अवस्थित ओजस थिएटरमा मञ्चन भइरहेको छ ।

नाटकमा रोजगार तथा अध्ययनका लागि विदेश गएका छोराछोरी नफर्केपछि एक्लिएका बा-आमाको पीडाको कथा समावेश गरिएको छ ।

साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण गरी यो नाटक तयार पारिएको हो ।

यो कथा कक्षा ९ को अनिवार्य नेपाली विषयमा समावेश छ ।

नाटकलाई विद्यालय बुकिङ शोका रूपमा माघ ११ गतेदेखि मञ्चन गरिएको हो । नियमित दर्शकको लागि भने शनिबार दिउँसो १:३० बजे प्रदर्शन गरिने छ ।

सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा विशाल देवकोटा, सङ्गीता थापा, अर्जुन दुलाल, अन्जना रिजाल, उन्नत उप्रेती, सगुन पोखरेल, रोहित श्रेष्ठ, पूर्ण गन्धर्व, नवीन प्याकुरेल, कपिल दीप काफ्ले र विपिन जैसवालको अभिनय रहेको छ ।

नाटक यही माघ २२ गतेसम्म मञ्चन हुनेछ।

तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved