एउटा फिल्मले चम्काइदियो जोनको भाग्य

नेपालभ्युज

एउटा फिल्मले चम्काइदियो जोनको भाग्य

एजेन्सी । जोन अब्राहम बलिउड उद्योगका स्टार हुन् । फिल्ममा आउनु अघि उनी विज्ञापन एजेन्सीमा काम गर्दथे ।

जागिर सँगसँगै उनले मोडलिंग पनि सुरु गरेका थिए । मोडलिंगका क्रममा जोनको भेट महेश भट्टसँग भएको थियो ।

महेश भट्टलाई जोन अब्राहमको रुपरंग तथा अनुहार एकदमै मन पर्‍यो । उनले अभिनेतालाई तुरुन्तै आफ्नो फिल्म ‘जिस्म’ मा अफर गरे । यसरी जोन अब्राहमलाई आफ्नो जीवनको पहिलो फिल्म प्राप्त भयो ।

‘जिस्म’ मा जोनले विपाशा बसुसँग स्क्रीन शेयर गरेका थिए । सन् २००३ मा रिलीज भएको उक्त फिल्म बक्स अफिसमा हिट सावित भएको थियो ।

त्यसपछि जोन अब्राहमलाई पछाडि फर्किएर हेर्नु परेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved