करोडपति व्यापारीकी दुलही बन्नेछिन् बिगबोस विजेता

नेपालभ्युज

करोडपति व्यापारीकी दुलही बन्नेछिन् बिगबोस विजेता

एजेन्सी । बिग बोस ओटीटीकी विजेता दिव्या अग्रवाल विवाह बन्धनमा बाँधिदै छिन् । दिव्याले प्रेमी अपूर्व पडगांवकरसँग विवाह गर्न लागेकी हुन् ।

अभिनेता नभएर व्यवसायी हुन् दिव्याका प्रेमी अपूर्व । विवाह अघि दिव्याले आफ्ना केटी साथीसँग ब्याचलर पार्टी गरेकी छन् ।

अभिनेत्रीले भारतको गोवामा आफ्ना साथीसँग पार्टी तथा नृत्य गरेर रमाइलो गरेका झलक पनि शेयर गरेकी छन् ।

तस्वीरहरुमा हुनेवाली दुलही एकदमै सुन्दर देखिएकी छन् । अपूर्वसँग सम्बन्धमा रहनुअघि उनी अभिनेता वरुण सुदसँग डेट गरिरहेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved