हिउँचितुवालाई चिडियाखानामा ‘एसी’को सुविधा, सिकारको लागि ‘चिकेन’ (फोटोहरू)

विज्ञहरू भन्छन्, ‘‘यसको बाँच सक्ने भनेको १५ देखि १७ डिग्री सेल्सियसमा हो । त्यो मोरङमा भेटिँदा शीतलहर थियो । त्यसैले बाँच्यो । अहिले काठमाडौंमा एसीभित्र राखेका छौँ।’’

हिउँचितुवालाई चिडियाखानामा ‘एसी’को सुविधा, सिकारको लागि ‘चिकेन’ (फोटोहरू)

काठमाडौं । मोरङको चारघरे भन्ने ठाउँको बाँसघारीमा भेटिएको ‘हिउँचितुवा’ तस्करहरूले ल्याउँदा उम्किएको हुनसक्ने विज्ञहरूले बताएका छन् । ललितपुरस्थित सदर चिडियाखाना ल्याइएको सो चितुवालाई हिमाली भेगबाट भारततिर तस्करी गरेर लैजाँदा भागेको हुनसक्ने जानकारहरूको अनुमान छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्रबार सदर चिडियाखानामा गरेको पत्रकार सम्मेलनमा हिउँचितुवा विज्ञहरूले ‘यो घटनाले सबैलाई आश्चर्यमा पारेको’ बताए ।

चकचके बच्चा छुटेर अलमलिएको र कसैले तल ल्याएको आकलन उनीहरूको छ ।

पत्रकार सम्मेलनमा विज्ञहरूले भने, ‘‘हिउँचितुवा सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायतका २५ सय मिटरभन्दा माथिको स्थानमा पाइन्छ । यसको उमेर डेढ वर्षको छ । यो आमासँग छुटेर कतै गयो । त्यो बेलामा कसैले समातेर लग्यो । यसको बाँच्नसक्ने भनेको १५ देखि १७ डिग्री सेल्सियसम्ममा हो । त्यो मोरङमा भेटिँदा शीतलहर थियो । त्यसैले बाँच्यो ।’’

हिमालको राजदूत हिउँचितुवा : के सगरमाथा क्षेत्रमा हिउँचितुवा नै छैन ?

सदर चिडियाखाना ल्याइएको हिउँचितुवालाई अहिले एसी जडित काेठाभित्र राखिएको छ ।

बन्द कोठाभित्र १५ देखि १७ डिग्री सेल्सियसको तापक्रम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । तत्कालका लागि चिडियाखानामा तापक्रम र वातावरण अनुकूल बनाएर राखिए पनि पछि हिमाली भेगमै लगेर छाडिने जनाइएको छ ।

हिउँ चितुवा संकटग्रस्त वन्यजन्तुको सूची ‘रेड लिस्ट’ मा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत यो संरक्षित वन्यजन्तुको सूचीमा छ ।

हेरौँ, केही फोटोहरू-

तान्जानिया पुगेर नेपाली फोटोग्राफर चुङ्बा शेर्पाले खिचेको दुर्लभ ‘सर्भल क्याट’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved