शाहरुख खानपछि कीर्तिले पाइन यूएईमा ‘गोल्डेन भिजा’

नेपालभ्युज

शाहरुख खानपछि कीर्तिले पाइन यूएईमा ‘गोल्डेन भिजा’

एजेन्सी । बलिउड अभिनेत्री कृति सेननलाई यूएई सरकारले ‘गोल्डेन भिजा’ प्रदान गरेको छ ।

शाहरुख खानपछि अब कृति सेननको नाम पनि यस किताबमा दर्ज भएको छ । यसअघि बलिउडका कयौं कलाकारलाई पनि यो भिजा दिइसकिएको छ ।

सन् २०१९ मा कृति सेननले गोल्डेन भिजाको प्रक्रिया सुरु गरेकी थिइन् । यो भिजा प्राप्त भएपछि त्यहाँ पढाई, व्यापार तथा लामो समयसम्म रहने योजना बनाउन सकिन्छ ।

यूएई सरकारले यसअघि शाहरुख खान, संजय दत्त, सानिया मिर्जा, बोनी कपूर, वरुण धवन, रणवीर सिंह, कमल हसन, मोहनलाल, दलकीर सलमान, मौनी रोय, उर्वशी रौतेला, सुनील शेट्टी, नेहा कक्कड, फराह खान, सोनू सुद र अमाला पोललाई गोल्डेन भिजा दिइसकेको छ ।

अभिनेत्री कृति सेननले १० वर्षमा राम्रो करिअर निर्माण गरिसकेकी छन् । दक्षिण भारतीय सिनेमाबाट सुरु भएको उनको फिल्मी करिअरले उचाई हासिल गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved