कहिले भित्रिन्छ काठमाडौंमा मनसुनी वायु ?

नेपालभ्युज

कहिले भित्रिन्छ काठमाडौंमा मनसुनी वायु ?

काठमाडौं । यस वर्ष माघ १० भइसक्दा पनि नेपालमा पानी परेको छैन। पानी नपरे पनि केही दिन यता काठमाडौंमा चिसो भने बढिरहेको छ।

केही दिनदेखि काठमाडौंमा बिहानीपख हुस्सु र तुवाँलो लाग्ने गरेको छ। आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात भए पनि देशका विभिन्न भागमा पानी भने पर्न नसकेको महाशाखाले जनाएको छ।

काठमाडौंको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन्।

पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू बसेका छन्। काठमाडौंमा पानी पर्न अझै केही समय कुर्नुपर्ने महाशाखाको भनाइ छ।

अहिले काठमाडौँको भिजिबिलिटी २५ सय मिटरमात्र रहेको महाशाखाले जनाएको छ।

नजिकका अग्ला पहाडमा छिटपुट वर्षा भए पनि काठमाडौंमा केही दिन अझैँ पानी पर्ने सम्भावना नरहेको कँडेलको भनाइ छ। -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved