गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

नेपालभ्युज

गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौं । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकी पक्राउ परेका हुन् ।

उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीले ती महिलालाई धापासीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved