जनमतका दुई मन्त्रीले बुझाए राजीनामा

जनमतका दुई मन्त्रीले बुझाए राजीनामा

जनकपुरधाम। मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत पार्टीका दुई मन्त्रीले राजीनामा बुझाएका छन् ।

प्रदेश सरकारमा रहेका जनमत पार्टीका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका हुन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो ।

माघ ३ मा मधेस स्वाभिमान दिवसको अवसरमा मुख्यमन्त्री यादवले एक वर्षे प्रगति विवरण सुनाउँदै गर्दा जनमत पार्टीले भ्रष्टाचार काण्डको छानबिन माग गर्दै प्रदर्शन गरेको थियो ।

विश्वविद्यालयको भवन शिलान्यासका लागि प्रदेश सरकारले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो ।

प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपा सहभागी छन् । प्रदेशमा जनमतका १३ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved